महाबौद्धहरुको शृष्टि
Date : Oct 1, 2016
Posted By : Admin
Event Description :
(Author – Bijay Gurung, Melbourne)
महाबौद्धहरुको शृष्टि हुनुभन्दा पहिला बायुमण्डल नौ ग्रहहरु मंगल बुध ब्रिख शुक्र शनि रहु र केतु अरु गनेर नसक्ने ताराहरु यथावत छन| तर आफ्नो परिधिमा घुमिरहदा सुर्यअर्को ग्रहसंग ठक्कर खायो र सरै तातियो | त्यसको असर पृथ्बीमा पर्यो| ज्वालामुखिभन्दा पनि धेरै तातियो |त्यसको बिद्धवनहरुको भनाइ अनुसार सुर्य ठुलो भएर अरु ग्रहहरुसंग ठोक्किदा सानो टुक्राहरू तारा भएको भनिन्छ | धर्मगुरु आर्य नागर्जुन जस्ले महायान बौद्ध धर्म सुरु गर्नुभयो| उहाँले बिदेशबाट भारतमा श्लोकमा चिठी पठाउनु भएको थियो| महाँपन्डितले संस्क्रितमा लेखेको हुनुपर्दछ, तर चिनिया भाषामा लेखेको चिठी तिबेतन भाषामा उल्था गरेर गरेको छोटोपंक्ति यस्तो छ : पृथ्बी, सुमेर पर्बतर समुन्द्र पनि सात सुर्यहरु उदाउँदा ज्वालाले भष्म भएर खरानीसम्म पनि पाईदैन भने अन्त्यमा दुर्बल यो मानब शरिरको बारेमा त के भनु|
अर्कोप्रसङ्गयस्तोछ : हिनयानको गुरु भन्नेले भन्नु भएको छ | सत्य युगमा सात सुर्यहरु आ-आफ्नै रफ्तारमा हिड्दा सम्म ठिकै थियो |अचानक एउटा रोकिए पछिअर्को आएर ठोक्कियो | झन् अरु पनि आएर सातवटा भेला हुँदा सुर्यको ताप एकै ठाउँमा जम्मा भएर माथि भनेजस्तै घटना घट्यो| पृथ्वी सेलाउदै गएपछि नौ महागुरुहरु उत्पन्न भए| उनीहरु मन्त्रि परिषद जस्तै मिलेर जल, थल, गरम, चिसो सबै वातावरण मिलाएर ज्वालामुखीको धुलो हटेपछि हरियो झार जंगल बनाएर केहि समय त्यत्तिकै रहे तर सधै सन्तोष भएर रहन सकेन, त्यसकारण अब मानवहरु चाहिन्छ भनि संकल्प गरे| सत्ययुगमा जे संकल्प गर्यो त्यो भैहाल्ने भएकोले बाह्र महाबौद्दगुरुहरु उत्पन्न भए| भनिन्छ उत्पन्न भएको ठाउँ हाल मुस्तँग र मनांग जिल्ला बिचमा पर्दछ| त्यहाँ एउटा सुन्दरताल अनि सुन्दर हिमसिखरले घेरिएको दृश्य छ| त्यहाँ भएको तालमा कहिले पनि पात कसिंगार हुँदैन भन्ने जनश्रुति छ|
बाह्र महागुरुहरु आ-आफै मिलेर उनीहरु मध्यबाट एकजनालाई राजा बनाए, एकजना धर्मरक्षा गर्ने निम्ति भिक्षु बनाए | अरुलाई जरुरि मुताबिक काम बाँडीदिए |आ– आफ्नो काम गर्दै जादा दिनुदीन बुढो हुँदै गएको अनुभव भयो | अब यो शृष्टिलाई धान्न सन्तान चाहिन्छ, सन्तान बनाउनु मान्छे चाहिन्छ भनि संकल्प गर्दा सातजना मान्छेहरु मात्र उत्पन्न भयो|त्यसमा राजा लगायत सातजनाको विहाबारी भयो|भिक्षुबिबाह नगर्ने, बाकि चारजनाले पहिले नै बिबाह गरेको महबौद्धहरु र मान्छेहरुबाट जन्मेको छोरा,चेली | कुदुम, नाता छुत्ताएर सोलीडोली चलाए |सबै एकै ठाउमा बसेन होला पक्कै| सन्तान बढ्यो होला, तर भिक्षु धर्म गर्ने कोहि भएन त्यसकारण राजाले जसको तीनजना सन्तान हुन्छ उसले माईला छोरा भिक्षु र छोरी पनि माईली भए भिक्षुनी बनाउनुपर्ने हुकुम दिएको हो| आजकल पनि हिमाली भेगमा तमुहरुसित सोध्यो भने सोहि जबाब पाउन सकिन्छ| बाह्र महबौद्धगुरुहरु उत्पन्न भएको दिनपौष १५ गते तदानुसार जनुवरी १ तारिक पर्नेहुँदा यसैदिनमा बाह्र ल्हो मध्ये एक ल्होको सुरुवात हुने दिनलाई ल्होसार मानि नयावर्ष मनाउदै आएको हो|
१. नौमहागुरुहरुउत्पन्न_ ? ( सन्कल्पगर्नुभन्दाअघि )
२. बह्रामहबौद्धहरुकोउत्पन्न – (सन्कल्पगरेपछी )
३. सातसुर्य = ? (सभाव्य)
४. माडी= ? ( नारीजती )
५. सुमेरुपर्बत = Central Mountain in Buddhism Cosmology
६. श्लोक = काव्य
